हल्दीबारी । 

झापाको हल्दीबारीको बिद्यालयमा बाल दिवसको अवसरमा शैक्षिक तथा खेल सामाग्री  बितरण गरिएको छ । नव सृजना प्राथमिक विद्यालय हल्दीबारी–२ मा ६० औ राष्ट्रिय बालदिवसको अवसरमा  सरगम संगितालयले शनिबार उक्त सामाग्री बिद्यालयमा कार्यक्रमका बिच प्रदान गरेको हो । 

झापा क्षेत्र नं.३ (ख) का कोशी प्रदेश सभाका छवि चुडालको प्रमुख आतिथ्यमा र सरगम संगितालय बिर्तामोडका संस्थापक दिपक रायामाझीको विशेष आतिथ्यता एवम् नव सृजना बाल क्लबका अध्यक्ष ममता शिवा, सरगम  बालक्लबका अध्यक्ष अनिल अधिकारी, संगितालयका गुरुआमा कोपिला लिम्बू, संगितालयका अभिभावक एवम् निवृत्त शिक्षक लिलानाथ खत्री, सरगम विद्यार्थी मञ्चका अध्यक्ष सौगात संग्रौला,  नव सृजनाका शिक्षक अभिभावक संघका अध्यक्ष रत्नकुमार राई, विद्यालयका सल्लाहकार तथा जग्गादाता होमनाथ दाहालको आतिथ्य रहेको थियो ।

 कार्यक्रममा सरगम संगितालय बिर्तामोडले बिद्यालयका विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीहरु कापी, पेन्सिल, पेन, ईरेजर, साप्नर तथा बाल कक्षाका साना नानीहररूका लागि खेल सामग्रीहरु संगितालयका संस्थापक  रायामाझीले विद्यालयलाई हस्तान्तरण गरेका थिए । प्रमुख अतिथि चुडाल तथा विशेष अतिथि दिपक रायमाझीले विद्यालयमा पारिजातका २ वटा विरुवा रोपेका थिए । 

 कार्यक्रममा बाल क्लबका अध्यक्ष अनिल अधिकारी,  सरगम संगितालयका संस्थापक गुरू दिपक रायमाझीले बाल दिवस तथा कार्यक्रमका बारेमा संक्षिप्त चर्चा गरेका थिए । 

प्रमुख अतिथि छवि चुडालले बालदिवस, बालअधिकार र शिक्षाका बारेमा संक्षिप्त धारणा राखेका थिए ।कार्यक्रम विद्यार्थी विदिस सिग्देलले कर्णप्रिय गित प्रस्तुत गरेका थिए । स्वागत शिक्षक बुद्धिप्रसाद नेपालले गरेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक भीम दाहालले गरेका थिए ।