• चन्द्र बस्नेत

कनकाई। 

बालबालिकाको समस्या निवारणमा सधैं लागिपर्ने कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् । बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवसको सन्दर्भमा नगर बाल संजालको आयोजनामा नगरको सभहलमा आयोजित कार्यक्रमको समापनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा नगर प्रमुख पोखरेलले सो कुरा बताएका हुन् । उनले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवद्र्धन, सम्मान, प्रवद्र्धन र परिपूर्ति गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको पनि बताए।

“बालबालिका भोलिका देशका कर्णधार मात्र नभएर आझका साझेदार पनि हुन त्यसैले बालबालिका लाई आज बाट नै सहि निर्देशन सहित मार्गदर्शनमा हिडाउन हामीले पहल गर्नुपर्छ”, नगर प्रमुखले भने। राष्ट्र ले तोकेका ५१ र कनकाइ नगरपालिका ले थप गरेको २ गरि हाल ५३ वटा सुचक सहित नगरपालिका ले काम गरिरहेको छ । नगर प्रमुख पोखरेलले नगरपालिका बालमैत्री  अभियानको अन्तिम चरणमा पुगेको र नगर बालमैत्री घोषणाका लागि ५३ वटै सुचकको काम सकेसगै  प्रदेशबाट अनुगमन समेत सम्पन्न भएको र अब प्रतिवेदन प्राप्त गर्न सामाजिक विकास मन्त्रालयको प्रखाईमा रहेको जानकारी गराएका थिए । 

नगर प्रमुख पोखरेलले बालमैत्री घोषणा भन्दा पनि बालबालिका हरुलाई के– के कुराको समस्या छरु बाल श्रम, बाल बिबाह ,बालबालिकाको बानी व्यबहार कस्तो भईरहेको छ ? कतै कुलतमा फसेका छ्न कि, लगायतका अन्य विविध गतिविधि हरुको निगरानी बालक्ल्व, टोल, वडा, नगर तथा स्कुलबाट पनि निरन्तर भईरहेको जानकारी गराउदै अघि बढीरहेको जानकारी गराएका थिए । बालमैत्री नगर निर्माणको अभियानमा झापाभरिका अरु पालिका भन्दा अघाडी रहेको तर पनि घोषणा गर्न हतार नगरेको नगर प्रमुख पोख्रेलले बताए । उनले बालमैत्री कनकाइ निर्माण अभियान घोषणाका लागी मात्र नभएर साच्चिकै कार्यनयनका लागि आवस्यक भएकाले बालमैत्री सुचक अन्तर्गतका सुचक हरु साच्चिकै पुरा नहुन्जेल नगरपालिकाले घोषणा गर्न हतार नगर्ने समेत उनले जानकारी दिए । 

उनले बालबालिकाका लागि लगानी वृद्धि गर्दै जाने प्रतिवद्वता जनाउनुभयो। नगर प्रमुख पोखरेलले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिता जस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवद्र्धन गर्न÷गराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबैले आउँदो वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न आवश्यक रहेकोे औल्याए ।

कार्यक्रममा नगर उप प्रमुख आशाशर्मा शिवाकोटीले, बालबालिका सम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न कनकाई नगर अग्रसर रहेको बताए । उनले विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवद्र्धन गर्न सम्बन्धित पालिकाबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको पनि बताए ।

उप प्रमुख शिवाकोटीले केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट बञ्चित भएको अवस्था रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख गर्न सबैको कर्तव्य भएको बताइन् । उनले बाल यौन दुव्र्यवहार, बालबालिका विरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचविखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ थियो ।

कार्यक्रममा नगर बाल कल्याण अधिकारी उमानाथ ढकाले बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।बाल यौन दुव्र्यवहार, बालबालिका विरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचविखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ थियो ।

कनकाई नगरको सभहलमा कनकाई नगर बाल सन्जालका अध्यक्ष अश्लेशा कडेलको सभापतित्वमा भएको तीन दिवषिय कार्यक्रममा विद्यालय स्तरीय निबन्ध लेखन, वक्तित्वकला, हाजिरी जवाफ प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । उपाध्यक्ष उर्मिला भण्डारीले स्वागत तथा औचित्य माथी प्रकाश पारेको कार्यक्रमको सहजीकरण सचिव प्रज्वल आचार्यले गरेका थिए ।  कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै सहभागी सबै विद्यालयलाई प्रमाणपत्र उपलब्ध गराएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीद्वारा नृत्य ,बिज्ञान प्रदर्शनीका विभिन्न कला समेत प्रदर्शन गरिएको थियो ।