चारपाने । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एशोशिएसन अफ एशियन कन्फेडेरेसन अफ क्रेडिट युनियन (एसिसियू)  लाइफ टाइम सर्पोटर मेम्बर अवार्ड प्राप्त गरेको छ । 

इन्डोनेशियाको बालीमा आयोजित कार्यक्रम एसिसियूले नेपालकै उत्कृष्ट सहकारीका रुपमा सहारा साकोसलाई लाइफ टाइम सर्पोटर मेम्बर अवार्ड प्रदान गरिएको हो । 

एसिसियूले आज (शुक्रवार) सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशी र कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई लाइफ टाइम सर्पोटर मेम्बर अवार्ड हस्तान्तरण गरेको छ । सहारा नेपाल साकोसलाई अमेरिकन डलर ५ हजार नेपाली ६ लाख ७० हजार ९६८ रुपैयाँ पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ । 

उक्त कार्यक्रममा सहभागीताका लागि सहारा नेपाल साकोसका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला, प्रथम उपध्यक्ष छबिलाल खतिवडा, सह–कोषध्यक्ष नेत्रबहादुर नेपाल, उप–निर्देशक दिनेशबहादुर निरौला, एलबी गिरी, मातृका सुबेदीलगायतको टिम इन्डोनेशिया गएको थियो ।  अवार्ड कार्यक्रममा नेपालका नेफस्कुन, राष्ट्रिय सहकारी बैंकसहित संघ/संस्थाको सहभागीता रहेको थियो । 

सहारा नेपालले सहकारीका माध्यमबाट आफ्ना सदस्यहरुको जीवनस्तर उकास्न मद्दत गरेको भन्दै उक्त अवार्डले सम्मान गरिएको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए । 

निर्देशक खतिवडाका अनुसार एसिसियूले सन् २०१२ मा पनि सहारा साकोसलाई  क्यूमी पर्फमेन्स अवार्ड, स्मार्ट सर्टिफिकेशन अवार्ड  प्रदान गरेको थियो । १२ बर्षपछि पुनः एसिसियूले लाइफ टाइम सर्पोटर मेम्बर अवार्ड प्रदान गरेको हो । देशकै सवै भन्दा ठूलो सहकारी सहाराले आफ्ना सदस्यको जीवनस्तर उकास्दै बिभिन्न सामाजिकसमेत गर्दै आएको छ । 

संसार भरमा २० बटा भन्दा बढी मुलुकका उत्कृष्ट सहकारी संस्थाहरुका प्रतिनिधि सहभागी कार्यक्रममा संस्थालाई सो अवार्ड प्राप्त भएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । उनका अनुसार सो अवार्ड संस्थाका तर्फबाट संस्थाका अध्यक्ष हरीबहादुर राजबंशी लगायतले ग्रहण गरेका हुन् । 

नेपालको सबैभन्दा ठुलो सहकारीको रुपमा स्थापित भएको सहारा नेपाल साकोसले यसअघि सन् २०१२ मा अकुबाटै क्यूमी पर्फमेन्स अवार्ड, स्मार्ट सर्टिफिकेशन अवार्ड प्राप्त गरिसकेको छ भने स्वावलम्बन विकास केन्द्रको तर्फबाट नेपालमा उद्यमशलिता विकास पुरस्कार पाइसकेको छ ।