झापा । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाले बार्षिक कार्यतालिका अनुसार जिल्लाका १४ वटा पालिकामा अतिरिक्त क्रियाकलाव सम्पन्न गरेको छ ।


कचनकवल गाउँपालिका वाहेक प्याब्सन मातहत रहेका १४ वटा स्थानीय तहमा सञ्चालित विद्यालयका विद्यार्थीहरु बीचमा अतिरिक्त क्रियाकलाव सम्पन्न गरेको हो । पालिका स्तरीय प्रतियोगितामा सहभागी हुँदै उत्कृष्ठ छनौट भएका विद्यार्थीहरुलाई भदौ २३ गते आयोजित कार्यक्रमकाबीच पुरस्कार वितरण गरिने प्याब्सन झापाका सहसचिव लक्ष्मी उप्रेतीले जानकारी दिए ।


प्याब्सन झापाले आधारभूत तह (प्रावि)–चित्रकला, प्रा.वि तहमा नै  हाजिरी जवाफ , आधारभूत तह– हाजिरी जवाफ, आधारभूत तह– श्रुतिलेखन, आधारभूत तह – निबन्ध लेखन (अंग्रेजी, नेपाली), मा.वि. तह– निबन्ध लेखन (अंग्रेजी, नेपाली), मा.वि. तह–कविता लेखन तथा वाचन, मा.वि. तह–आक्समिक बक्तृत्वकला अंग्रेजी माध्यममा संचालन गरिएको सह सचिव उपे्रतीको भनाई छ ।


प्याब्सन झापाले हरेक शैक्षिक सत्रमा क्यालेन्डर निर्माण गरी नियमित अध्ययन अध्यापनसंगै  अतिरिक्त कृयाकलाप सञ्चाल गर्ने निर्णय गरेको थियो । सो निर्णय सहितको क्यालेण्डर सार्बजनिक भएसंगै प्याव्सनले पालिका स्तरीय कार्यक्रम सम्पन्न गरेको हो ।


पालिकाबाट छनौटमा परेका विद्यार्थीलाई जिल्ला स्तरीय कार्यक्रममा सहभागी गराई पुरस्कार बितरण गरिने प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले जानकारी दिए ।