दमक । 

झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानका मजदुरहरुलाई लक्षित गरेर चिया बगानभित्रै आर्युवेद स्वास्थ्य शिबिर शुरु भएको छ । प्रादेशिक आर्युवेद अस्पताल लखनपुर, लायन्स क्लव झापा दमक र बगानको संयुक्त आयोजनामा विहिबारदेशि शिबिर शुरु भएको हो ।

लायन्स क्लव अफ झापाका दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेलका अनुसार आर्युवेद अस्पतालका निमित्त निर्देशक डा। सिद्धार्थ ठाकुर सहितको टोलीले विशेषज्ञ सेवा प्रदान गरेको छ । विहिबारमात्र १२५ भन्दा बढिले स्वास्थ्य जाँच गराएका छन् ।

निःशुल्क स्वास्थ्य शिबिरमा केही आधारभूत औषधिहरु निशुल्क रुपमा बितरण गरिएको थियो । गम्भिर प्रकृतीका र थप उपचार आवश्यक पर्नेहरुको प्रादेशिक आर्युवेद अस्पतालमा उपचारका लागि ब्यवस्था मिलाईएको छ ।

आर्युवेद स्वास्थ्य शिविर पहिलो पटक भएको भन्दै विरामीहरुले खुशि प्रकट गरेका थिए । ३ सय ५० भन्दा बढि चिया मजदुरहरुले स्वास्थ्य शिविरबाट लाभ लिने अपेक्षा लिईएको बगानका प्रमुख श्यामल सुब्बाले बताएका छन् ।

शुक्रबार पनि शिबिर सञ्चालन हुनेछ । विशेष गरेर पायल्स, फिस्टुला, फिसरको जाँच गरिएको थियो । डा।नुतन महतोका अनुसार अधिकांश मजदुरहरुमा छाला सम्बन्धिको समस्या, ढाँड दुख्ने, घाँटीको गर्धन दुख्ने लगायतका समस्याहरु रहेको पाईएको छ । 

आर्युवेद अस्पतालका निमित्त प्रमुख डा.ठाकुरका अनुसार लायन्स क्लंव अफ झापा दमकसँग समन्वय गरेर नियमित रुपमा स्वास्थ्य घुम्ति शिबिर र यस प्रकारका बृहत आर्युवेद स्वास्थ्य शिबिर गर्ने योजना रहेको छ । लायन्स लिडरहरु अजय अग्रवाल, दिवश राई, अशोक चौधरी लगायतको शिबिरमा उपस्थिति रहेको थियो ।