बिर्तामोड ।
पूर्वी नेपालका अर्थाेपेडिक चिकित्सकहरु संगठित भएका छन् । पूर्वका चारवटा जिल्लाका अर्थोपेडिक डाक्टरहरुले नेपाल अर्थोपेडिक एशोसिएशन मेची च्याप्टर नाम दिएर संगठित भएका हुन् ।
गठित एशोशिएसनको मेची च्याप्टरको अध्यक्षमा डा. लक्ष्मीप्रसाद मैनाली चयन भएका छन् भने एशाृेशिएसनको नियमानुसार आगामी कार्यकालका लागि अध्यक्षमा डा. आनन्दराज खनाल चयन भएका छन् । १५ सदस्यीय गठित नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा डा. प्रेमबहादुर शाही, उपाध्यक्षमा डा. कुमोदकुमार लिम्बु र डा. सन्दिप अधिकारी, महासचिवमा डा. रुपेशजंग बेलवासे, कोषाध्यक्षमा डा. मनोजकुमार शाह, सह–सचिवमा डा. नबिनकुमार सिंह, सह–कोषाध्यक्षमा डा. कृष्णकान्त यादव चयन भएका छन् ।
त्यसैगरी सदस्यमा डा. राजिव शाह, डा. रोशन अटल, डा. प्रबिन तिम्सिना, डा. प्रबिन चौधरी र डा. ललीत बोहोरा चयन भएका बरिष्ठ उपाध्यक्ष शाहीले जानकारी दिए । एशोसिएसनको प्रमुख सल्लाहकारमा डा. निराजनप्रसाद पराजुली रहेका छन् भने सान्टीफिक को अडिनेटरमा डा. अनुप पोखरेल चयन भएका छन् ।
२ बर्षको कार्यकाल रहने एशोसिएसनले आज (शुक्रवार) बिर्तामोडमा स्थापना कार्यक्रमको आयोजना गरी नव गठित पदाधिकारी तथा सदस्यको नाम घोषणासँगै समितिलाई सपथ ग्रहण गराएको छ ।
एशोसिएसन मेची च्याप्टरका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनालीले अध्यक्षता तथा स्वागत गरेको कार्यक्रममा एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रोफेसर डा. बिमलकुमार पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै एशोसिएनका बरिष्ठ उपाध्यक्ष डा. शाहीले अर्थोपेडिक डाक्टर करिव ३० जना रहेको बताए । उनले १० बर्ष अघिको तुलनामा अर्थोपेडिक उपचारमा धेरै सुधार भएको बताएका छन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।
सोही कार्यक्रमकाबिच डा. प्रेमबहादुर शाही र डा. निराजन पराजुलीलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा एशोशिएसन केन्द्रका पूर्व अध्यक्ष प्रोफेसर डा. रमेशकुमार सिंह, डा. रोहित पोखरेल, केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रोफेसर डा. दीपक श्रेष्ठ, महासचिव डा बिजेन्द्र अधिकारी, डा. अमित जोशी, डा. दमन झा, मोरङ च्याप्टर अध्यक्ष डा. नबिन कर्ण, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, नेपाल मेडिकल एशोसिएसन मेची अध्यक्ष डा. सीपी यादबलगायतको आतिथ्य रहेको थियो ।