झापा । 

डेंगु सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् ।  जनवरी यता ३ हजार ३ सय ३९ जना सङ्क्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ। 


सो तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबै भन्दा बढी ५८२ जना सङ्क्रमित छन्  भने सबैभन्दा कम डेंगु प्रभावित कर्णाली प्रदेश देखिएको छ । कर्णालीमा ४७ जना मात्रै डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।


मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ । देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । तनहुँका ६५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यो जिल्लामा मात्रै पाँच सय बढी डेंगु सङ्क्रमित छन् । 


साउन २५ गते ३ हजार ८४ जनामा डेंगु देखिएको थियो । ईडीसीडीले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन दिनको फरकमा  २५५ जना थप सङ्क्रमित भएको पुष्टि भएको छ ।