बिर्तामोड ।
बीएण्डसी टिचिङ्ग अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालमा भएको रक्तदान कार्यक्रममा १२ महिलासहित ४८ जनाले रक्तदान गरेको अस्पतालका प्रवक्ता एवं जनसम्पर्क अधिकृत प्रमिस गिरिले जानकारी दिए ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर अस्पतालले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।झापामा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा सञ्चारकर्मी नेत्रबिक्रम बिमलीले ११६ औं पटक रक्तदान गरेको रक्तसञ्चार केन्द्र झापाका इन्चार्ज शिशिर दाहालले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार झापाको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रम अस्पतालका कर्मचारी एवं त्यहाँ पुगेका सर्वसाधारणले समेत रक्तदान गरेका थिए ।