झापा ।
बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई लक्षित गर्दै बिद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । उनीहरुलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको हो ।
खासगरी विद्यार्थीमा आँखा सम्बन्धि देखिने समस्यालाई निराकरण गर्न बिद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको हो । झापाका विभिन्न विद्यालयमा कार्यरत ३० जना स्टाफ नर्सलाई यो कार्यक्रममा सहभागी गराइएको छ ।
कार्यक्रममा सहभागीलाई बिद्यार्थीको आँखा स्वास्थ्य राख्नका लागि नियमित आँखा परीक्षण, रोकथाम, आवश्यक रिफर गर्ने उद्देश्यका विषयमा जानकारी गराइएको थियो ।
नेपाल सरकारले झापाका ३२ वटा सामुदायिक विद्यालयमा विद्यालय स्टाफ नर्स राखेको छ । उनीहरुबाट विद्यार्थीमा कुनै प्रकारका समस्या देखा परे तत्काल प्राथमिक उपचार र थप उपचारका लागि अस्पताल पठाउने व्यवस्था मिलाउने गरेका छन् ।
कार्यक्रममा सहभागीलाई प्रशिक्षण प्रदान गरिएको थियो । आँखाको विशेषता, आँखाको बनावटा तथा भाग र काम, आँखामा लाग्ने रोग, मोतिविन्दू, जलविन्दू, भिटामिन ‘ए’ को कमीले आँखामा लाग्ने रोग, मधुमेह र उच्च रक्तचापले गर्दा आँखामा गर्ने असार, आँखाको क्यान्सर, आँखामा ऐजेरु पलाउने रोगलगायतका विषयमा सहभागीलाई जानकारीसहितको उपचार विधिका बताइएको थियो ।