अर्जुनधारा ।  

झापाको अर्जुनधारा नगरपालिकाले काभा महिला भलिबल लिगमा नेपाली टीमले जिते दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाको तर्फबाट दुई लाख रुपैयाँ प्रोत्साहन स्वरुप रकम दिइने नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिएका हुन् । 


उपाधि रक्षाका लागि आज (बुधवार) नेपाल र भारत काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रतिस्पर्धा गर्दैछन् । नेपाल २–१ सेटले अगाडी छ ।


यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको थियो । हिजो भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो ।


लिग चरणमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।