हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकामा घरपालुवा पशुमा लम्पी स्किन रोग फैलिएको जनाएको छ । हल्दीबारी पालिकामा पशुपालक कृषकहरुले पालेका गाई भैंसीहरुमा लम्पी स्किन रोग देखिएको भन्दै उक्त रोगबिरुद्धको खोप लगाउन आग्रह गरेको हो ।
पालिकाले अघिल्लो बर्ष लम्पि स्किन रोग विरुद्धको खोप लगाउन छुटेका तथा खोप लगाइसकेपछि जन्मेका पाडापाडी बाछावाछीहरुमा लम्पि स्किन रोग देखा परेको भन्दै खोप लगाउन पालिकाले सूचना जारी गर्दै जनाएको छ ।
लम्पी स्किन रोग फैलिएसँगै केहि बाछीहरु उक्त रोगको कारण मृत्यू समेत भैसकेको जनाउँदै उक्त रोग लाग्न नदिन खोप नलगाएका पशुहरुलाई खोप लगाउन पालिकाले आग्रह गरेको छ ।
उक्त रोग लागि सकेकाहरुलाई सम्बन्धित वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा सम्पर्क गरी प्रोटोकल अनुसारको उपचार गर्न सम्बन्धित सबै कृषकहरुमा पालिकाले जानकारी गराएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए ।