शनिश्चरे ।

साउनको पहिलो सोमबार आज झापासहित देशभरका शिवमन्दिरहरुमा भक्तजनको भीड लागेको छ । पूर्वकै पशुपति नाथले समेत परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा पनि आज बिहानैदेशि भक्तजनको भीड लागेको छ । 


साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज झापाको अर्जुनधारा, काठमाडैंको पशुपतिनाथ लगायतका देशभर रहेका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।


शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ आज शिवमन्दिरहरुमा भक्तजनको भीड लाग्ने गरेको छ ।  साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना गर्नाले मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।


साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । झापाको कनकाई माई नदीबाट जल ल्याएर अर्जुनधारा जलेश्वरधाममा पनि जल चडाउने गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर काठमाडौंको सुन्दरीजलस्थित बागमतिको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ । 


साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर महिलाहरु ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।

फाइल तस्वीर