झापा । 

लघुवित्त तथा वित्तीय शोषणको बिरूद्ध संघर्ष समिति नेपालले झापामा अनिश्चित कालिन शुरु गरेको धर्ना कार्यक्रमको चार बुँदे सहमति भएको छ ।  

झापाको कमल गाउँपालिका वडा नम्बर २ मा रहेको हिमालयन लघुवित्त संस्था लिमिटेड क्याम्पा शाखामा गत असार २४ गतेदेखि संघर्ष समितिले शुरु गरेको आन्दोलन सहमतिमा टुङ्गिएको हो । 

लघुवित्त तथा वित्तीय शोषणको बिरूद्धको संघर्ष समितिका झापा सचिव सिता महराको नेतृत्वमा ५ जना र एक जना बालिकासहित धर्ना शुरु भएको थियो ।  आज (शुक्रवार) कमल गाउँपालिकाको सभाहलमा भएको छलफल भएको थियो । 

छलफलमा संघर्ष समितिको मुख्य माग कालोसुचीमा रहेको ब्यक्तिहरुको नाम फुकुवा गर्नुपर्ने, तर लघुवित्तले फुकुवा गर्न नसक्ने माथि  केन्द्रले फुकुवा गर भने पछि मात्रै गर्न मिल्ने सहमति भएको छ । 

त्यस्तै ब्ल्याक लिस्टमा नाम रहेकाहरुले ब्ल्याक लिस्टबाट नाम हटाइदिनु पर्यो भनेर लघुवित्तमा निवेदन दिने र लघुवित्तले त्यो निवेदन  हेड अफिसमा पठाउने  फुकुवा खुलाइ दिनुपर्यो भनेर भन्ने र मुख्य कार्यालयले के जवाफ दिन्छ त्यसपछि  ऋणीहरुलाई जानकारी गराउने र स्थानीय सरकार र संघर्ष समितिले उक्त समस्या चाँडै समाधान गर्नु पर्ने अन्यथा त्यहाँबाट सो संस्था हटाउनु पर्ने सहमति भएको स्रोतलले बताएको छ । 

क्त छलफलमा हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेड क्याम्पा शाखाले केही ऋणीहरुको नाम ब्ल्याक लिस्टमा नाम निकालेको बिरोधमा  लघुवित्त तथा वित्तियको संघर्षको विरुद्धको संघर्ष  समिति नेपालको तर्फबाट लुजा राई, अम्बिका थापा लगायत ५ जना र कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने, वडा नम्बर २ का वडाध्यक्ष अशोक सुब्बा, इलाका प्रहरी कार्यालय दमकका  डिएसपी, र हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेड क्याम्पा शाखाका मेनेजर बिच छलफल भएको थियो ।