बिर्तामोड । 

बीएण्डसी टिचिङ अस्पतालमा नेपाल सरकारद्धारा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालले साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने आज (आइतवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । 

नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबिच भएको सम्झौता अनुसार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न लगिएको बताइएको छ । 

स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत सेवाग्राहीलाई औषधी, स्वास्थ्य परिक्षण, सर्जरीलगायतका बिमा सुबिधा उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ । 

यसअघि सञ्चालन गरेको स्वास्थ्य बिमा भन्दा थप ब्यवस्थित तरिकाले सेवा प्रदान गर्ने तयारी गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताएका छन् । गिरीका अनुसार अस्पतालमा बिमामा सचिकृत भएका सवै औषधी उपलब्ध हुने, बिमाका लागि छुट्टै काउन्टर हुने, बृद्ध र असक्तलाई छुट्टै सेवा प्रदान गरिने र बिमाको छुट्टै काउन्टरबाट १० जनाले सेवा दिनेछन् ।

bnc 

स्वास्थ्य बिमा सेवालाई ब्यवस्थित तरिकाले सञ्चालन गर्न अस्पतालले एमडी, एमसीएच, एमएस गरेका बिशिष्ठ चिकित्सक साथै तालिम प्राप्त प्राविधिक र अन्य जनशक्ति रहेका डा. बिरेन्द्र यादबले जानकारी दिए । डा. यादवका अनुसार बिरामीका लागि वैटिङ कक्ष, प्रबिधिमैत्री वातावरणमा उपचार गरिने साथै ब्यवस्थित रुपमा सञ्चालनको तयारी गरिएको छ । 

प्रबिधिमैत्री उपकरणसहित गुणस्तरीय सेवा दिदै आएको बीएण्डसी अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवासहित न्यूरोलोजी, अर्थोपेडिक्स, फिजिसियन, सर्जरी, स्त्रीरोग, बालरोग, मुटुरोग, मानसिक रोग, चर्मरोगलगायतका सेवाहरु रहेका छन् ।

त्यस्तै मेडुलर अपरेशन थिएटर, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, क्याथल्याब, उच्चस्तरीय प्याथोलोजी परिक्षण सेवा दिदै आएको अस्पतालमा जटिल प्रकारका सर्जरी हुँदै आएको अस्पताल प्रशासनले जानकारी दिएको छ । पत्रकार सम्म्ेलनमा अस्पतालका डाइरेक्टर अञ्जली प्रसाई कार्की, अस्पतालका प्रिसिन्पल डा. उमेशकुमार शर्मालगायतको आतिथ्य रहेको थियो ।