बिर्तामोड । 

झापाको बिर्तामोड रहेको विर्तासिटी अस्पतालमा एकजना पुरुषको हिप फेर्ने शल्यक्रिया (हिपको प्रतिस्थापन) गरिएको छ । हाडजोर्नी शल्यक्रियमध्ये सबैभन्दा जटिल मानिने हिप ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न गरिएको शल्यक्रियामा संलग्न डक्टर रुपेशजंग बेल्वासेले जानकारी दिए ।

झापा गौरादह ४ स्कुलचौनका ६१ वर्षीय यमनाथ संगौलाको हिपको जोर्नीको प्रतिस्थापन गरिएको हो । करिब ३ घण्टा लामो शल्यक्रियापश्चात संग्रौलाको खिइएको हिप फेरिएको हो ।

वंशाणुगत समस्याका कारण संग्रौलाको हड्डी खिइँदै गएको र अत्यधिक दुखाइका कारण हिँडडुलमा कठिन हुँदै आएको थियो । उनी पेनकिलर खाँदै आएका थिए ।

दक्ष चिकित्सकको टिम तथा आधुनिक प्रविधिबाट उनको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । विर्तासिटीमै यस्तो शल्यक्रिया हुन थालेपछि बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको डक्टर बेल्वासेले बताए । संगौलाको शल्यक्रियामा डक्टर बेल्वासेसँगै डक्टर कुमुदकुमार लिम्बू, डक्टर प्रतिक चौधरी लगायत संलग्न रहेका थिए ।

हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डक्टर हुन् बेलवासे । डक्टर बेल्वासेले बिर्तासिटी अस्पतालमा हालसम्म पाँच हजारभन्दा धेरै बिरामीको सफल उपचार गरिसकेका छन् ।