बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ ले वडा भित्र सञ्चालित बिद्यालयलाई खेलकुद सामाग्री तथा बाल क्लब ब्यानर वितरण गरेको छ । वडाले बाल मैत्री कार्यक्रम अन्तरगत बालबालिकाको खेलकुद  क्षेत्रमा बालबालिकालाई प्रेरित गर्ने उदेश्यले सामाग्री प्रदान गरेको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए । 

वडाले वडा भित्र सञ्चालित रहेका बिद्यालयमा बाल क्लब गठन  गरिएका सामुदायिक तथा संस्थागत बिद्यालयलाई सो सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष पौडेलले बताए । 

उनले नगर भित्रका बालबालिका समान भएकाले एकरुप रुपमा कार्यक्रममा सहभागी गराईएको बताए । बालबालिका लाई फुटबल, भलिबल, ब्याटमिन्टन, चेसलगायतका सामाग्री बितरण गरिएको वडा सचिब हिमा पोख्रेलले जानकारी दिइन् । 

कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, सदस्य ओमनाथ गौतम, बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल, सामाजिक अभियान्ता माधब खरेल, रोहित राई लगायतको उपस्तिथि रहेको थियो । 

शुक्रबार वडाका पञ्चरत्न माबि, वीर अमरसिंह माबि, देबकुल, बालकल्याण, मोहनमाया, साङ्वेद र निदि माबिमा बालबालिकालाई उक्त सामाग्री प्रदान गरिएको थियो । सोही कार्यक्रम अन्तर्गत साङ्वेद बिद्यालयबाट यस बर्षको एसईई परिक्षा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामनासमेत दिएका थिए ।