बिर्तामोड । 

गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ ।झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज कोशी प्रदेशका पुरुष खेलाडीहरुलाई विदाइ गरेको हो । प्रतियोगिता यही असार १० गतेदेखि १२ गतेसम्म हुनेछ ।

पाँचौँ संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप २०८१ मा सहभागी हुने कोशी प्रदेशको टिममा प्रतिनिधित्व गर्ने सबै खेलाडी झापा जिल्लाबाट रहेका छन् ।

सामाजिक अगुवा तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको विदाइ कार्यक्रममा उनले खेलाडीहरुलाई उच्च मनोबलका खेल्न प्रोत्साहन गरेका थिए ।

विदाइ कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, संघका अध्यक्ष मनोज बुढाथोकी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महासचिव कुशल खतिवडा, व्यवसायी विपिन बजगाईं र नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेलले शुभकामना व्यक्त गरेका थिए ।

प्रदेशको हक्की टिमका सबै खेलाडी मेचीनगर १५ र १४ तथा भद्रपुर ९ पुँहातुबारीका रहेका छन् । पोखरामा खेल्ने टिमको प्रशिक्षकमा दिपक खतिवडा रहेका छन् ।

टिम कोशीः रिसब चौधरी, सुदिप चौधरी, सन्तोष बेस्रा, मणिकुमार विश्वकर्मा, रोमन राजवंशी, समिर चौधरी, रोहित राजवंशी, उत्तम चिमरिया, बिसन मर्डी, राजु तिवारी (किपर) ।