चारपाने । 

देशकै सवै भन्दा ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले जेठ महिनाको बित्तिय बिबरण सार्वजनिक गरेको छ । साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्धारा जारी विवरण अनुसार जेठ मसान्तसम्ममा १ लाख ७२ हजार १९२  कुल सदस्य संख्या रहेको छ । 

कुल सम्पत्ती जेठ महिनाको मसान्तसम्ममा १६ अर्व ४९ करोड ८९ लाख ५८ हजार २९ रुपैयाँ पुगेको छ । सहकारी विभागको जारी निर्देशन अनुसार झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको साकोसले जेठ मसान्तसम्मको बित्तिय कारोवार सार्वजनिक गरेको हो । 

संस्थाको शेयरपुँजी १ अर्व ६७ करोड ९२ लाख ७० हजार ७००, जगेडा कोष १ अर्व २४ करोड २ लाख १७ हजार ४३०,  कूल बचत १२ अर्व ५७ करोड १६ लाख ५८ हजार ६०८, लगानीमा रहेको ऋण १० अर्व ९५ करोड ८७ लाख ३९ हजार ६२५, कूल संस्थागत पूँजी १ अर्व २७ करोड ७६ लाख ८९ हजार ४७६, विभिन्न कोषहरुको जम्मा रकम ५२ करोड ४० लाख २१ हजार ३३७,  तरलता रकम ४ अर्व २२ करोड ७१  लाख २९७ रुपैयाँ रहेको जेठ महिनाको बित्तिय बिवरणमा उल्लेख छ । 

संस्थाले बाह्य ऋण शुन्य प्रतिशतमा झारेको छ । संस्थाका कार्यकारी प्रमुख गिरी र निर्देशक खतिवडाद्धारा हस्ताक्षरित बित्तिय बिवरण अनुसार संस्थागत पुँजिको प्रतिशत ७.७४ प्रतिशत र तरलता प्रतिशत ३३.६२ प्रतिशत रहेको छ ।  संस्थाको जेठ मसान्तसम्मको कूल ऋणी सदस्य संख्या ७० हजार १३० जना रहेको संस्थाद्धारा जारी बित्तिय बितरणमा उल्लेख छ ।