• रन्जित परियार

अर्जुनधारा । 

 झापाको अर्जुनधारा नगरपालिका भित्रका आधारभूत तथा माध्यमिक  बिद्यालयका आइटी श्रोत शिक्षकहरुका लागि सूचना प्राविधि सम्बन्धि पाँच दिने क्षमता बिकास तालीम शुरु भएको छ ।

असार ४ देखि ८ गतेसम्म पाँच दिने प्रशिक्षण कार्यक्रममा आधारभूत तह र  माध्यमिक तह एवम् धार्मिक बिद्यालय गरि ३३ बिद्यालयका श्रोत शिक्षकहरु सहभागी रहेको शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख उपसचिव तोयानाथ रेग्मीले बताए । 

बिद्यालयको कक्षाकोठादेखि प्रशासनसम्म प्रबिधिको प्रयोग गर्नु पर्ने र अबको शिक्षा बालबालिकाहरुले पनि इन्टरनेट मार्फत विभिन्न उदाहरण र कक्षा अन्तर्गत पाठयक्रम पाठ्यपुस्तक नै मोबाइल र ल्यापटप मै हेर्न सक्ने भएकोले शिक्षकहरु पनि प्रबिधिको ज्ञान र प्रयोग गर्न सक्ने हुन जरुरी भएकोले प्रत्येक बर्ष नगरले आइटी सम्बन्धि नयाँ नयाँ प्रबिधि आइरहने हुँदा समय अनुसार शिक्षकहरु अद्यावधिक गर्दै लानु र जानू पर्ने उदघाटन कार्यक्रममा प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय इकाई झापाका शाखा अधिकृत भोलानाथ दाहालले बताए थिए ।

कार्यक्रममा अतिथि नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष  चन्द्र खत्री, सचिव टंक न्यौपाने, शिक्षक संघ संगठनबाट केदारनाथ पोख्रेल, सुजाता शिवाकोटी, रुद्र खतिवडालगायतले पूर्ण तालिम लिइ विद्यार्थीहरुलाइ शिक्षण गर्न र आफ्नो दैनिक जिवनमा सहयोग रहोस् भन्दै  शुभकामना व्यक्त गरेका थिए । 

पाँच दिने तालिमको सहजकर्ताहरु शिक्षक कपिलदेव तिम्सिना र लोकनाथ ढकाल रहेका छन् ।  अर्जुनधारा शिक्षा शाखाका शिक्षा अधिकृत सुनिता भट्टराईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन शाखाकी प्राबिधिक सहायक समिरा दाहालले  गरेकी थिइन् ।