झापा । 

तेह«थुमको म्याङ्लुङ नगरपालिकामा कोशी प्रदेश स्तरीय फुटवल प्रतियोगिता २०८१ आज (सोमवार) देखि शुरु भएको छ । कोशी प्रदेश खेलकूद विकास वोर्डको आयोजनामा शुरु भएको मुख्यमन्त्री फुटवल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाचकर्ण राईले गरेका छन् । 

आगामी असार ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका फुटवल टिमको सहभागीता रहने  कोशी प्रदेश खेलकूद विकास वोर्ड मदन खड्काले जानकारी दिए । 

तेह«थुम जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्र बरालको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाचकर्ण राईको प्रमुख आतिथ्य रहेको थियो । 

म्याङ्लुङ नगरपालिकामा नगर प्रमुख संजयकुमार तुम्वाहाम्फेले स्वागत गरेको कार्यक्रममा कोशी प्रदेश खेलकूद विकास वोर्डका उपाध्यक्ष बिन्ध्या कार्की, सचिव कृष्ण बस्नेत (पर्शुराम), सदस्य रितेश श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।