काठमाडौं  असार ०१।

 टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल शून्य रन बनाएर आउट भएका हुन् ।

नेपालले ७.४ ओभरमा २ विकेटको क्षतिमा ३५ रन बनाएको छ । दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।