हल्दीबारी जेठ ३२। 

झापाको हल्दीबारी गाउँपालिकामा थोरै बजेटले धेरै काम गरेको भन्दै पालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनलाई लेखक अभिषेक जोशीले ‘वेद, बुद्ध र दिव्योपदेश’ नामक पुस्तक प्रदान गरेका छन् । 

लिङ्देनले पालिकामा गरेका उल्लेखनीय कार्यको प्रशंसा गर्दै ‘वेद, बुद्ध र दिव्योपदेश’ नामक पुस्तक लेखक अभिषेक जोशीले पालिकामै पुगेर हस्तान्तरण गरेको बताइएको छ । 

गाउँपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालन गरेको, सुत्केरी गाईभैसीका लागि निःशुल्क पोषणको व्यवस्था गरेको, विद्यालयका कक्षाकोठामा सिसिटिभी जडान गरी पालिका र अभिभावकले निरीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।

त्यस्तै पालिकाले १२ कक्षासम्म निःशल्क शिक्षा दिएको, प्रति परिवार १० हजार लिटर पानी निःशुल्क गरेको, पालिकाभित्र ८० प्रतिशत सडकहरु पक्की बनाएकोलगायतका कार्यको उल्लेख गर्दै इमान्दारिताका साथ काम गर्यो भने थोरै बजेटले पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण बनेको भन्दै हल्दिबारी गाउँपालिका अध्यक्ष लिङ्दनेलाई उनले गरेको कार्यको प्रशंसासहित पुस्तक प्रदान गरिएको जनाइएको छ ।लेखक जोशीले पालिकामा भएको उदारणीय कार्यको आफ्नो सामाजिक सञ्जालमा समेत प्रशंसा गरेका छन् ।