• रन्जित परियार 

कालीस्थान। 

झापाको अर्जुनधारा नगरपालिका भित्रका आधारभूत तथा माध्यमिक  बिद्यालयका प्रधानाध्यापक तथा  प्राविधिकहरुलाई शैक्षिक सूचना प्रणाली (इमिस अपडेट) सम्बन्धि चारदिने तालीम शुरु भएको छ ।

कालीस्थान माबिमा बुधवारबाट आधारभूत बिद्यालय र धार्मिक बिद्यालयका प्रधानाध्यापक, प्राचार्य एवं प्राविधिकहरुलाई इमिस अपडेट सम्बन्धि सैदान्तिक एवं प्रयोगात्मक प्रशिक्षण दिइएको शुरु भएको हो ।

चारदिने प्रशिक्षण अन्तरगत २ दिन आधारभूत तह र  दुइदिन माध्यमिक तहका प्रधानाध्यापक तथा प्राविधिकहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख तोयानाथ रेग्मीको अध्यक्षतामा सप्पन्न उद्घाटन कार्यक्रममा  कालीस्थान माबिका प्रधानाध्यापक इन्द्र उप्रेती शुभकामना व्यक्त गरेको कार्यक्रममा अर्जुनधारा शिक्षा शाखाका शिक्षा अधिकृत सुनिता भट्टराईले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाशसँगै स्वागत मन्तब्य राखेकि थिइन् । 

कार्यक्रममा सहभागीका तर्फबाट कालिका संस्कृत बिद्यापीठका तर्फबाट इन्दु पुर्बेली र जुनकीरी सार्वजनिक आधारभुत बिद्यालयका प्रधानाध्यापक रन्जित परियारले इमिस अपडेट्मा देखिएका समस्या र प्रशिक्षणबाट प्राप्त उपलब्धि बारे आ–आफ्नो धारणा राखेका थिए । शाखाकी प्राबिधिक सहायक समिरा दाहालले  सञ्चालन गरेको कार्यक्रममा  हरि तामाङले  सहजीकरण गरेका थिए ।