हल्दीबारी ।
पशुमा लाग्ने महामारीजन्य रोग बिरुद्धको खोप लगाइने भएको छ । झापाको हल्दीबारी गाउँपालिका क्षेत्रभरी कृषकहरुले पालेका बंगुर/सुंगुरहरुमा लाग्ने महामारीजन्य ‘स्वाइन फिवर’ रोग बिरुद्धको खोप लगाइने भएको छ ।
आथिएक बर्ष २०८०/०८१ को कोशी प्रदेश सरकारमार्फत प्राप्त हल्दीबारी गाउँपालिका क्षेत्रभित्रका कृषकहरुले पालेका बंगुर /सुंगुरहरुमा लाग्ने महामारीजन्य स्वाइन फिवर रोग बिरुद्धको खोप लगाउनका लागि पालिकाले सूचना जारी गरेको हो ।
आगामी जेठ ६ गते आइतवारदेखि सबै वडाहरुमा खोप सञ्चालन गरिने र त्यसका लागि प्रत्येक वडामा खोप कर्तालाई सम्पर्क गर्न बिहीबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको ‘सम्पुर्ण कृषक/पशुपन्छी फार्म/समुह/समिति/टोल बिकास संस्थाहरु/सहकारी संस्थाहरुले हल्दीबारी गाउँपालिका भित्र खोपकर्ताहरुसँग सम्पर्क गरि समयमै आफ्नो पशुबस्तु सुरक्षित राख्ने व्यवस्था गर्नुहुन अनुरोध छ ।’