हल्दीबारी । 

झापाको हल्दीबारीमा जारी प्रथम हल्दीवारी टोलस्तरीय लिगकम फुटवल प्रतियोगितामा साविक जलथल ७ ले २–० को अन्तरले जित हासिल गरेको छ । 

मेचे युवा क्लबको आयोजनामा भएको निर्धारित २५/२५ मिनेटको फुटवल प्रतियोगिताको खेलमा बिहीवार जलथल ७ ले ५ लाई २–० को अन्तर गर्दै जित हासिल गरेको हो ।  

हल्दीवारी–४ को पाथिभरा खेल मैदान भएको  आजको खेलमा जलथल ७ ले खेलको शुरुवाती तीन मिनेटमै जर्सी नं. ६ का सुगम लिम्ुबले पहिलो गोल गरेका थिए ।

पहिलो हाफमा १–० ले जलथल ७ले अग्रता कायम गरेको थियो । त्यस्तै दोस्रो हाफको ३४ औ मिनेटमा प्रतियोगिताका सवै भन्दा कान्छो खेलाडी जलथल ७ का जर्सी नं. २० का मनिल लिम्बुले पेनाल्टी गोलबाट अग्रतालाई दोब्रर बनाएका थिए । 

खेलको म्यान अफ दि म्याच  जलथल ७ का जर्सी नं. २० का मनिल लिम्बु घोषित भए । उनले जलथल प्रहरी चौकीका इन्चार्ज ओमराज पौडेलको हातबाट ट्रफी प्राप्त गर्दै सम्मानीत भए  ।

यो खेलसँगै बिहीवार (आज) जलथल ७ ले खेल जिते पनि फाइनलबाट पोइन्टको आधारमा बाहिरिसकेको छ । आगामी जेठ ५ गते हुने फाइनल खेलमा पोइन्टको आधारमा जलथल ५ र ६ बिच प्रतिस्पर्धा हुने हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिए ।