हल्दीबारी ।
झापा हल्दीबारी गाउँपालिका वडा नं ४ ले विपन्न ५० घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ । वडाले गत आर्थिक वर्षमा बिमा गरिदिएको ५० घरपरिवारको स्वास्थ्य बिमा नविकरण गरि दिएको छ।
वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा कार्यक्रम समिटिएको छ। नयाँ बिमा गर्न र नविकरण बापत ३ लाख ५० हजार खर्च भएको वडा अध्यक्ष सन्तकुमार थापाले जानकारी दिए।
अति विपन्न नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर गत वर्ष देखि नै यो कार्यक्रम गरिदै आएको पनि उनले बताए। स्वास्थ्य उपचारको लागि हल्दिबारी गाउँपालिकामै २४ सै घण्टा स्वास्थ्य सेवा सञ्चालन भैरहेको हल्दिबारी आधारभूत अस्पताल पनि रहेको छ।
कार्यक्रममा वडाध्यक्ष थापाको अध्यक्षता भएको थियो भने वडा सदस्यहरू भागिरथा दाहाल, सुरेन्द्र बाराकोटी, शान्ता गहतराज यसैगरी महेन्द्र मा वि का प्र अ, जलथल स्वास्थ्य चौकी ईन्चार्ज माधवप्रसाद यादव लगायत को उपस्थिति रहेको थियो।
स्वास्थ्य बिमा कार्ड लागू हुने समय, यसवाट पाउने सुबिधा लगायतका विषयमा वडाका बिमा दर्ता सहयोगी प्रकाश खतिवडाले प्रष्ट पारेको कार्यक्रमको सञ्चालन वडा सचिव जयप्रसाद पोखरेलले गरेका थिए।