बुधवारे । 

झापाको बुद्वशान्तिमा हुने तेस्रो आदर्श च्यालेन्ज कप २०८१ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिकसँगै तयारी पूरा भएको छ । आयोजक आदर्श युवा क्लबकले बैशाख १५ गतेदेखि २२ गतेसम्म हुने प्रतियोगिताको मंगलबार (आज) पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीका बारेमा जानकारी दिदै खेल तालिका सार्वजनिक गरेको हो । 

मुख्य प्रायोजकमा बुद्धशान्ति गाउँपालिका र प्रायोजकमा इन्दिरा फाउण्डेशन रहेको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने जानकारी दिइयो । 

प्रतियोगितामा आयोजक आदर्श युवा क्लव, ध्रवतारा स्पोर्टिङ क्लब झापा, बिर्तामोड युनाइटेड एफसी झापा, रेड हर्स एफसी इलाम, बेलबारी एफसी मोरङ, धरान एफसी सुनसरी, भारको नर्थ बंगाल एफसी र मानेभञ्ज्याङ एफसीले खेल्नेछन् । खेल तालिका अनुसार उद्घाटन खेल आयोजक आदर्श युवा क्लव र ध्रवतारा स्पोर्टिङ क्लब झापाबिच हुनेछ । 

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित भएको प्रतियोगिता यो वर्ष तेस्रो पटक हुन लागेको हो । प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने क्लबका निवर्तमान अध्यक्ष तथा प्रतियोगिताका संयोजक मनेष दाहालले जानकारी दिए ।

त्यस्तै  प्रत्येक खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितालाई भव्य बनाउन प्रत्येक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिने तयारी रहेको आयोजक समितिका दुर्योधन सिंह राजपूत (देव) ले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बुद्धशान्ति गाउँपालिका ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, झापा जिल्ला फुटबल  संघका अध्यक्ष भगिरथ आले मामा,  क्लबका संस्थापक अध्यक्ष दिनेश प्रसाई, आदर्श मावि विद्यालय व्वस्थापन समितिमा अध्यक्ष मनोरथ तिवारीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।