हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ३ मा आयोजना गरिएको तीन दिने वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।।

 जलथल क्रिकेट क्लबको आयोजना भएको रातमाटे सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष जनक तामाङको अध्यक्षतामा प्रतियोगिता सोमवार (आज) सम्पन्न भएको हो । 

समापन कार्यक्रममा समितिका सचिव दुर्गा बराल, सदस्य खड्क विष्टको उपस्थितिमा भएको क्रिकेट प्रतियोगितामा आयोजक हल्दीबारी ३ (क) ९ विकेटले विजयी भएको छ । हल्दिवारी १ (ख) ले दिएको ६० रनको टार्गेट पछ्याउँदै हल्दिबारी ३ (क) ५ ओभरमै शानदार जित हाँसिल गरेको थियो। 

खेलमा म्यान अफ द सिरिज हल्दीवारी ३ का खेलाडी कृष्ण कार्की भएका छन् ।  त्यस्तै वेस्ट बलर हल्दीवारी १ का खेलाडी युनेश ढुंगेल र वेस्ट ब्याट्सम्यान हल्दीबारी ३ कै खेलाडी दीपक लिङ्देन भएका छन् । खेलमा नगद पुरस्कार, मेडल र ट्रफी रहेको थियो भने औपचारिक कार्यक्रम पवन गिरीले सञ्चालन गरेका थिए।