• रन्जित परियार 

अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाले दीर्घ साहित्य साधना सम्मान २०८० बाट नगरका दुई श्रष्ठालाई नगदसहित सम्मान गरेको छ । नगरले प्रत्येक बर्ष प्रदान गर्दै आएको साहित्य सम्मान ब्याक्तित्व २०७९ बाट अर्जुनधारा–१ का कालीबहादुर थापा र २०८० बाट अर्जुनधाराका–११ का हस्त परियारलाई जनही ५१ हजार नगदसहित प्रशंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो। 

सम्मानित ब्याक्तित्व हस्त परियारको चर्चा तथा ब्यक्ति परिचय साहित्यकार केशव आचार्य र कालिबहादुर थापाको चर्चा तथा ब्यक्ति परिचय साहित्यकार गणेश सिटौलाले प्रस्तुत गरेका थिए । 

एक समारोह बिच भएको कार्यक्रममा कवि अभागी थेगुवा र प्राज्ञ गुणराज जोशीले कबिता प्रस्तुत गरेका थिए। साहित्यकार पुन्य खरेल, कृष्ण बराल, सुसिला सुबेदी, वाडाध्यक्ष खगेन्द्र इङ्गनाम सामाजिक बिकास संयोजक कौशिकलाल परियार (भोला) लगायतले शुभकामना व्यक्त गरेका थिए । 

नगर कै गहनाको रुपमा रहेका ब्याक्तित्वहरुलाई प्रत्येक बर्ष सम्मान र संरक्षण गर्न पाउँदा गौरव लागेको बताउदै दीर्घ जीवनको शुभकामनासहित कार्यक्रमका अध्यक्ष कार्यबाहक प्रमुख खडगमाया पराजुलीले सम्मानित ब्याक्तित्व र उपस्थित साहित्यकार एवम् अतिथिहरुमा शुभकामनासहित धन्यवाद व्यक्त गरेकी थिइन् । 

साहित्यकार सरोज ओलीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको स्वागत लेखक एवम् पत्रकार कुमार भट्टराईले गरेका थिए भने सहजीकरण सौजन कटुवालले गरेका थिए ।