बिर्तामोड ।

 बिर्तामोड १० सैनिकबजारमा  जारी चौथो संस्करणको वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको शनिवारको खेलमा नगर गौरव + भूतेनी टोलको संयुक्त टीम विजयी भएको छ ।  

महेन्द्रज्योति माविको खेलमैदानमा भएको प्रतियोगिताको दोस्रो खेलमा चमरधाम +दक्षिण चमरधाप + इलामेली टोलको संयुक्त टीमलाई टाइब्रेकरमा  ४–२ गोल अन्तरले  पराजित  गरी नगर गौरव + भूतेनी टोलको टीम विजयी भएको हो ।

 निर्धारित समयमा दुवै टीमबाट एक–एक गोलको बराबरी भएपछि  निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो ।  दोस्रो हाफको ७ औं मिनेटमा नगर गौरव + भूतेनी टोलको संयुक्त टीमबाट  सन्तोष गुरुङले गोल गरेका थिए । तर, त्यसको तीन मिनेटपछि चमरधाम +दक्षिण चमरधाप + इलामेली टोलको टीमका तर्फबाट  सेजेन राईले गोल गरी खेललाई बराबरीमा पुर्याएका थिए ।  

आइतवारको खेलमा कालीमुनि +तोरीवारी+उदयरत्न+ शिवालय +भीमसेन टोलको संयुक्त टीम र लोक्ताम गाउँ +उज्यालो मिरमिरे टोलको संयुक्त टीमबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।