चारपाने । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको देशकै ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । 

साकोसको २९ औं स्थापना दिवसको अवसर पारेर आगामी चैत २४ गते मुख्य कार्यालयमा बिहान ८ बजेदेखि बृहत स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । 

फेमिली हेल्थ नेपालको प्राविधिक सहयोगमा ख्याति प्राप्त न्यूरो सर्जन डा. वसन्त पन्तका साथमा शिविर आयोजना गरिएको साकोसले जनाएको छ । 

शिविरमा अर्थोपिडिक सर्जन डा. मनिषविक्रम शाह, न्यूरो सर्जन, डा. सुधन ढकाल, न्यूरो सर्जन, डा. प्रितम गुरुङ, यूरोलोजी डा.तेजश्वनी श्रेष्ठ, जेनेरेल एन्ड लेप्रोस्कोपी सर्जन डा. विवेक खड्काले परिक्षण गर्ने बताइएको छ । 

बृहत स्वास्थ्य शिविरमा सहभागी भएर स्वास्थ्य लाभ  लिन सम्पूर्णलाई आयोजक सहारा नेपाल साकोसले आग्रह समेत गरेको छ ।