लक्ष्मीपुर । 

झापाको बिर्तामोडका मदन खड्कासहित तीन जना कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्तसँगै सपथ ग्रहण गरेका छन् ।  नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष, अखिल नेपाल खेलकूद महासंघ झापा इन्चार्ज तथा केन्द्रिय सचिवालय सदस्यसमेत रहेका खड्कासहित तीन जनालाई नियुक्तसँगै शुक्रबार सपथ ग्रहण गराइएको हो । 

खड्कासहित झापा गाउँपालिकाका गौरीमान राईलाई बोर्डको सदस्य र कोशी प्रदेशसभाकी पूर्वसांसद विन्दिया कार्कीलाई बोर्डको उपाध्यक्षमा नियुक्त गरिएको हो । 

तीनै जनालाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले बिहीवार सपथ ग्रहण गराउँदै जिम्मेवारी प्रदान गरेका छन् । गत शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

सोही अनुसार सामाजिक विकासमन्त्री कार्कीले बोर्डका सदस्य सचिव हंशराज वाग्लेको उपस्थितिमा उनीहरुलाई नियुक्तिपत्र दिँदै सपथ गराएका थिए । 

भलिबलका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका खड्का बिर्तामोडस्थित मेहरमान बहुउद्देश्यीय कभर्ड हलका सचिव हुन् भने स्थानीयस्तर भलिबलसँगै ब्याडमिन्टनको प्रवर्धनमा समेत क्रियाशील छन् । बोर्डको सदस्यको कार्यकाल ४ बर्षको रहनेछ ।