झापा ।  

विश्व मुख स्वास्थ्य दिवस २०२४ को अवसरमा  नेपाल डेन्टल एशोसिएसन झापाको आयोजनामा  दाँतसम्बन्धी एकदिने निःशुल्क  स्वास्थ्य शिविर  चमरधाप आधारभूत विद्यालयमा सम्पन्न भएको छ । 

 ग्रामीण क्षेत्रका विपन्न वर्गका बालबालिकाहरु अध्ययन गर्ने  बिर्तामोड १० स्थित चमरधाप आधारभूत विद्यालयमा आयोजित शिविरमा विद्यार्थी र तिनका अभिभावक गरी ६० जनाको निःशुल्क दाँत परीक्षण गरिएको थियो । 

त्यस्तै उनीहरुलाई टुथपेष्ट, ब्रस र हात धुने साबुन वितरण गरिएको नेपाल डेन्टल एशोसिएसन झापाका अध्यक्ष डा.मुकेशकुमार शाहले जानकारी दिए ।