झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर–१३ स्थित चारआलीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 चारआलीस्थित इलाम रोडमा लागू औषध कारोवार हुँदै गरेको भन्ने गोप्य सुचनाको आधरमा शनिवार साँझा ७ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय धुलाबारी, लागूऔषध ब्यूरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

बुधबारे तर्फबाट आउँदै गरेको मे ३ प १०२४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक बुद्धशान्ति–३ का २९ बर्षिय भीमबहादुर मगरको साथ बाट ब्राउन सुगर प्लाष्टीक बाहेक ५ ग्राम २० मिलिग्राम फेला परेपछि सोहि स्थानमा उनीसँगै लागूऔषध कारोवार गर्न खोज्ने बुद्धशान्ति–२ कै २४ बर्षिय रोशन उपरकोटीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनीहरु दुबै जनालाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।