बिर्तामोड । 

झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक रोगीका लागि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । पोलिक्लिनिकले बुधवार (आज)  बिर्तामोडस्थित पोलिक्लिनिकमा पत्रकार सम्मेलन गरेर शिविर आयोजनाका बारेमा जानकारी दिएको हो । 

पछिल्लो समय मानसिक रोगीको संख्या बढ्दै गएकाले आरआर पोलिक्लिनिकले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको पोलिक्लिनिक सञ्चालक महेन्द्रबहादुर राईले जानकारी दिए । उनका अनुसार झापासहित इलाम, पाँचथर र ताप्लेजुङका मानसिक बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।शिविरमा वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डक्टर बबिता शर्माले बिरामीको परिक्षण तथा परामर्श गर्ने सञ्चालक राईले बताए । 

भारतको एम्स अस्पतालमा चार वर्ष सेवा गरेर झापा फर्किएकी डा. शर्माले चैत १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको परिक्षण गर्नेछिन् । शिविरमा दैनिक २० जना मात्र बिरामीलाई परामर्श दिइने आरआर पोलिक्लिनिकले जनाएको छ । शिविरमा बिरामीको निःशुल्क जाँच गरिनेछ ।

rr

डा. शर्माले पत्रकार सम्मेलनमा पछिल्लो समय मानसिक रोगी बढ्दै गएकी बताइन् । उनले समयमै परामर्श लिने र औषधि उपचार गर्नाले मानसिक रोगी रोगबाट मुक्त हुने बताइन् । डा. शर्माले उक्त पोलिक्लिनिकमा मानसिक रोगीलाई जुन आवश्यक औषधि हो त्यो मात्र दिइने बताइन् । उनले मानसिक रोगीले अव उपचारका लागि भारतसम्म जानु पर्ने बाध्यता पनि अन्त्य गर्ने गरी परामर्श र उपचार गर्ने बताइन् । 

तीन महिना अघि सञ्चालमा आएको पोलिक्लिनिकमा शरिरमा हुने दुवी, डावर, पुरानो दाद, शरिर चिलाउने, छाला फुस्रो हुने, कपाल खस्ने, तालु खुइलिने, यौन रोग तथा कुष्ठ रोगको समस्या, डन्डीफोर, अनुहारको चायापोते, बालबालिका र नवजात शिशुको छाला सम्बन्धीलगायतका सवै समस्याको उपचार साथै सल्लाह सुझाव दिइदै आएको छ । त्यस्तै पोलिक्लिनिकमा नयाँ प्रबिधिको प्रयोगबाट कपाल प्रत्यारोपण  र ट्याटु हटाउने कार्य पनि गरिदै आएको सञ्चालक राईले बताएका छन् । 

पोलिक्लिनिकमा दैनिक प्याथोलोजी ल्याव सेवा, फार्मेसी सेवा साथै छाला सम्बन्धी विशिष्टकृत सेवाहरुलाई समय अनुसार अगाडी वढाउँदै लगिने बताइएको छ ।