झापा । 

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले

मोरङको मिक्लाजुङ्ग–८ को सह–आयोजना, नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग तथा समाजसेवी सुर्यप्रसाद रिमालको सहकार्यमा मिक्लाजुङ्ग गाउँपालिकाको तोरीबारीस्थित देवकोटा माध्यमिक विद्यालयको परिसरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गगरेको हो।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य उपचारमा सबैको समान पहुँच पुर्याउने उदेश्यका साथ स्वास्थ्य सम्बन्धी कार्य गर्दै आएको र सोही अनुसार नै शिविर सञ्चालन गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा परिक्षण तथा उपचार, दन्त सेवा, भिडियो एक्स–रे सेवा, ईसिजि सेवा, ल्याब (प्रयोगशाला) को सुविधा विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिएको साथै औषधी समेत निःशुल्क वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराई जानकारी दिए ।

शिविरमा २८१ जना महिला र १६४ पुरुष गरी जम्मा ४४५ जना स्थानियहरुले प्रत्यक्ष रुपमा सुविधा लिएको र शिविरमा उपचार हुन नसकेका ५५ जना विरामीहरुलाई नोबेल मेडिकल कलेज विराटनगरमा विशेष छुट तथा सुविधाका साथमा उपचारका लागि रेफर गरिएको नोबेल मेडिकल कलेजका चिफ मार्केटिङ्ग अफिसर नविन दाहालले जानकारी गराए ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सञ्चालित शिविरमा मिक्लाजुङ्ग ८ का वडाध्यक्ष पूर्णबहादुर कुँवरको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष कुँवरले स्थानिय तहसँग समन्वय गर्दै सिम्रिक सहकारी र नोबेल मेडिकल कलेजले पु¥याएको सहयोगलाई धन्यवाद दिदै समुदाय प्रेरित कार्यहरुका लागि स्थानिय सरकार सदैव साथमा रहेको  बताएका थिए । संस्थाका सचिव इन्द्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका विभागिय प्रमुख प्रेम बस्नेतले गरेका थिए ।