बिर्तामोड । 

झापा गोल्डकपले एपिएफ फुटबल क्लबलाई कारवाही गरेको छ  । एपिएफ फुटवल क्लवका खेलाडीको जर्सी तथा जर्सीको रंग सम्बन्धी नियम उल्लंघन गरी खेल खेलेको भन्र्दै कारवाही गरेको हो । 

प्रतियोगिता नियमावलीको पूर्ण परिपालना गर्न तथा भविष्यमा यस किसिमका गल्तीहरु नदोहोर्याउने लिखित प्रतिबद्धता एपिएफ फुटबल क्लबबाट माग गर्ने र गल्तीको लागि एपिएफ फुटबल क्लबलाई ११ हजार रुपैयाँ आर्थिक जरिवानासमेत गरेको छ । 

झापा गोल्डकपले मंगलबार (आज) एक बिज्ञप्ती जारी गर्दै फागुन २१ गते अर्ना छैटौँ झापा गोल्ड कपको म्याच नम्बर ३ अन्तर्गत बागमती युवा क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एपिएपले नियम उल्लङघन गरेको जनाएको छ ।

झापा गोल्ड कप २०८० को प्रतियोगिता नियमावलीको दफा १० को प्रावधान बमोजिमको खेलाडीको जर्सी तथा जर्सीको रंग सम्बन्धी नियम उल्लंघन गरी खेल खेलेकोले खेलको मर्यादा तथा झापा गोल्ड कपको गरिमा आँच पुर्याउने कार्य भएकोले कारवाही गरेको जारी बिज्ञप्तीमा जनाइएको छ । प्रतियोगिता नियमावलीको दफा २३ (ख) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्णय गरिएको अध्यक्ष बिनोद बस्नेतद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

एपीएफलाई प्रतियोगितामा नियमावलीको पूर्ण परिपालना गर्न र  भविष्यमा यस्ता किसिमका गल्तीहरु नदोहोर्याउने लिखित प्रतिबद्धता क्लबबाट माग गर्नेसमेत गोल्डकपले जनाएको छ ।