बिर्तामोड । 

बिर्तामोड नगर खेलकूद महोत्सवमा छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । नगर खेलकूद विकास समितिको आयोजनामा माघ २६ गते देखि सुरु भएको प्रतियोगिताको छनोट चरण सम्पन्न भएको हो । दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकूद हाजिरि जवाफ, पोस्टर डिजाइन प्रतियोगिताको छनोट चरण सकिएको महोत्सवका सह–संयोजक विशाल अग्रवालले जानकारी दिए ।

विधागत रुपमा दौडमा ६३ जना, निवन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, खेलकूट हाजिरिजवाफमा ७ जना छनोट भएका छन् । यस्तै पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएको जनाइएको छ ।

प्रतियोगितामा विर्तामोड नगरपालिका क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका हुन् । त्यसैगरी महोत्सव अन्तर्गत शिक्षकहरुको मैत्रिपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जसमा एमएटी स्कुल, एभरेष्ट स्कुल, विराट ज्योति स्कुल र न्युटन स्कुलको सहभागिता रहेको थियो । यसमा न्युटन विजेता र एमएटी उपविजेता बनेको छ ।

हाजिरि जवाफ प्रतियोगितामा ४ वटा स्कुल कञ्चनजंघा, मोहनमाया र सरस्वती एन्जल्स र नवोदय शिक्षा सदन अन्तिम चरण पुग्न सफल भएका छन् । सम्पुर्ण विद्याका प्रतियोगितामा ६ वटा स्कुल सर्वोत्कृष्ट भएका छन् । जसमा देवी मावि, नवोदय शिक्षा सदन, विराट ज्योति अंग्रजी मावि, न्युटन एजुकेशन एकाडेमी, निधि मावि र एसियन्ट एकामेडी रहेका छन् ।

पोस्टर मेकिङ तर्फ कक्षा २,३ र ४ को विधाबाट एसियन्ट एकाडेमी, न्युटन्स एजुकेशन एकाडेमी, नवोदय शिक्षा सदन उत्कृष्ट भएका छन् । यस्तै ५,६ र ७ कक्षा तर्फ न्युटन्स, निधि र नवोदय उत्कृष्ट बनेका छन् । यसैगरी कक्षा ८,९ र १० को विधाबाट विराट ज्योति, लिर्वटी र नवोदय उत्कृष्ट बनेका छन् ।

यस्तै चित्रकला तर्फ कक्षा २,३ र ४ बाट नवोदय, एसियन्ट र एभरेष्ट उत्कृष्ट भएका छन् । कक्षा ५,६ र ७ बाट न्युटन्स, नवोदय र एसियन्ट उत्कृष्ट बने । यस्तै ८,९ र १० बाट नवोदय, निधि र न्युटन्स उत्कृष्ट बने ।

त्यसैगरि नगर खेलकूद विकास समितिले डिजिटल स्पोर्टस क्विजको समेत आयोजना गरेको थियो । यसको विजेताहरुमा अनिश श्रेष्ठ, पवन खरेल, सुनिता बुढाथोकी,संजोग वन, दौलत ढकाल, आयुश अधिकारी, निश्चल आचार्य, अस्विन प्रसाई, संयोग वन, निशान खत्री रहेका छन् । प्रतियोगिताको फाइनल फागुन २३ गते विर अमरसिंह माविमा हुने आयोजकले जनाएको छ ।

छनोट खेलहरु हाजिरि जवाफको न्युटन्स स्कुल, पोष्टर र ड्रोइङको नवोदयमा, वादविवाद र निवन्ध लेखनको निधिमा, रनिङको समुह चरण एभरेष्ट स्कुल र फाइनल महेन्द्र ज्योतिमा भएको थियो ।