चारपाने  । 

नेपाल खेलकुद महासघं कोशी प्रदेश कमिटीले सोमवार (आज) सम्पन्न गरेको केपी ओली रोड रेस प्रतियोगिताको उपाधी पूरुषतर्फ दिनेशकुमार यादव र महिला तर्फ राममाया बुडाले जितेका छन् । 

झापाको बिर्तामोड–२ चारपाने चोकबाट इलाम र झापाको संगम स्थल सुखानी शहिद पार्क सम्म (१०) किलोमिटर दुरीको दौडमा यादव र बुडाले उपाधी जितेका हुन् । 

 बिजेता बनेका दुवैजनाले जनही ५१ हजार हजार रुपैँया नगद, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । यादवले  ५१ मिनेट २३ सेकेण्ड ७ मिलीसकेण्डमा १० किलोमिटरको दुरी पार गर्दै बिजेता बनेका थिए भने महिला तर्फकी बिजेता बुडाले ५९ मिनेटमा दुरी पार  गरेकी थिइन् । 

त्यसैगरी पूरुषतर्फ सन्दिप बस्नेत द्धितिय बनेका थिए  । उनले ५३ मिनेट ४ सेकेण्ड ८ मिलिसेकण्डमा तोकीएको दुरी पार गरेका थिए । यता पुष्पा भण्डारीले १ घण्टा ३ मिनेट ९ सेकेण्डमा दुरी पार गरेर महिला तर्फको द्धितिय स्थान हासील  गरेकाी थिइन् । दुवैजनाले जनिह ३१ हजार नगद, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । 

त्यस्तै पवन कार्कीले ५४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै पूरुष तर्फको तृतिय बन्दा महिलातर्फ फूलमती रानाले १ घण्टा ३ मिनेट ४ सेकेण्ड  अवधिमा सो दुरी पार गर्दै तृतिय भएका थिए ।  दुवै जनाले जनही नगद २१ हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । यसैगरी दुवै तर्फका उत्कृष्ट १० सम्मलाई पुरस्कारको व्यवस्था गरीएको प्रतियोगीताको मुल आयोजक उप–समिती संयोजक प्रकाश बस्नेतले जानकारी दिए । प्रतियोगीतामा देशभरबाट ४ सय ४८ जना सहभागी भएका थीए ।

आज झापा आन्दोलन अन्तर्गत सुखानी दिवस समेत रहेको र कम्यूनिष्टहरुले २०२८ सालमा गरेको वर्ग संघर्षको आन्दोलनका क्रममा पाँच जना शहिदहरुले शहादत प्राप्त गरेको ऐतिहाँसिक ठाउँ सुखानी पार्कमा प्रतियोगिताको समापन गरीएको नेपाल खेलकुद महासघं कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले जानकारी दिए ।