• रन्जित परियार

बुट्टाबारी । 

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराको आयोजनामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत तह कक्षा ६र८ का सामुदायिक एवम् सस्थागत १९ बिद्यालयहरुको सहभागी रहेको थियो । प्रहिलो राउन्डमा छानिएका तीन सामुदायिक बिद्यालयहरु शनिश्चरे माबि, लक्ष्मी माबि, गणेश आधारभूत बिद्यालय र सस्थागत बिद्यालयतर्फ न्यु होप बोडिङ्ग स्कुल रहेको थियो ।

दोस्रो राउन्डमा श्रब्य, श्रब्य दृश्य, द्रुत राउन्ड र सामान्य १०र१० प्रश्नहरु प्रतियोगिता सोधिएको थियो । जसमा सान्त्वना सामुदायिक तर्फबाट शनिश्चरे माबि रहेको थियो भने सस्थागत तर्फबाट न्यूहोप अंग्रेज़ी बोडिङ्ग स्कुल तेस्रो, सामुदायिक तर्फबाट गणेश आधारभूत बिद्यालय दोस्रो र लक्ष्मी माबि अर्जुनधारा ६ प्रथम भएको थियो ।

जसमा विद्यार्थीहरु वृदिस फुयाल, बिभुती ढुंङेल र करण निरौला रहेका थिए । बिजेता प्रथम, दोस्रो, तेस्रो र सान्त्वना बिद्यालयहरुलाइ प्रमाणपत्रसहित १२ हजार, नौ हजार, छ हजार र सान्त्वना तीन हजार प्रदान गरिएको थियो । महारानीगन्ज माद्यामिक बिद्यालयमा सञ्चालित  प्रतियोगिताको सहजीकरण शनिश्चरे माबिका निवर्तमान प्रधानाध्यापक चेतामणि खनालले गरेका थिए । 

कार्यक्रमको अध्यक्षता शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा उपसचिव तोयानाथ रेग्मी, प्रमुख अतिथि अर्जुनधारा नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल रहेका थिए । कार्यक्रम अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्गना, बिद्यालय ब्यवस्थतापन समिति अध्यक्ष बोलप्रसाद कोइराला, नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर अध्यक्ष पुन्य सुवेदी, प्रधानाध्यापकहरु रुपक दाहाल, निर्मला पोखरेल टंक न्यौपाने, रुद्र सिटौला, डम्बर यादव, कृष्णप्रसाद भट्टराईलगायत रहेका थिए ।

स्वागत महारानीगञ्ज माकिा प्रअ मनबहादुर लिम्बुले गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षा शाखाकी प्राबिधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।