बिर्तामोड । 

झापाको बिर्तामोड–५ स्थित हनुमान सेन्टर नजिकैकी एक वृद्धालाई झुक्याएर एक समुहले डेढ तोलाको ब्रास्लेट र औठी लिएर फरार भएका छन् छन् । 

आइतवार (आज) अन्दाजी १ः३० बसेको समयमा ७१ बर्षिया बिष्णुमाया सुबेदीले लगाएको सुनको डेड तोलाको ब्रास्लेट र औठी दुई तीन जनाको अपरिचित समुहले झुक्याएर लिएर फरार भएका हुन् । 

वृद्धालाई झुक्याएर सुन जस्तो देखिने नक्कली सुन डिक्का दिएर उनले लगाएको सुन लिएर फरार भएको इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुना साथ प्रहरी फरार ती लुटेकाहरुको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।