• रन्जित परियार 

बिर्तामोड । 

साहित्य चौतारी झापा बिर्तामोडको साधारणसभाबाट नयाँ कार्य समिति चयन भएको छ । तीन बर्ष कार्य कालका लागि समितिको अध्यक्षमा देबिभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । 

समितिको अध्यक्षमा देबिभक्त श्रेष्ठ (सस्थापक), साहित्य उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठ, संगीत उपाध्यक्ष शान्ता पौडेल, कला उपाध्यक्ष हिम्मत नेम्वाङ, महासचिव भानुभक्त कुभेन्डेली, सचिव गौरव श्रेष्ठ, सह–सचिव जीवन जगदिश धिताल, कोषाध्यक्ष भवानीप्रसाद गौतम, सह–कोषाध्यक्ष कुमार श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सुनिता तामाङ्ग, चित्रा पौडेल, गोमा बिमली प्रसाई, मनिषा भट्टराई, कल्पना भट्टराई, गोपाल दाहाल, टीका भट्टराई नेपाल, धनमाया दर्नाल चयन भएका छन् ।  सल्लाहकारमा लोकनाथ पौडेल, हस्त परियार, कृष्ण पौडेल, भवानी क्षेत्री, अनिरुद्र ओलि, राजेन्द्र सग्रौला चयन भएका छन् ।

साहित्य कला बिकास र प्रवर्द्धनका लागि भारत र नेपालका साहित्यकार, कवि, गायक एवम् संगीतकार र यो क्षेत्रका स्रोता शुभ चिन्तकहरु साथै मेरो कार्य समिति एवम् सस्थापकको  सहयोग र साथले आफ्नो कार्यकाल सफल बनेको भन्दै निवर्तमान अध्यक्ष हस्त परियारले सवैलाई धन्यवाद व्यक्त गरेका थिए । साथै पद हस्तान्तरणसँगै सफल कार्यका लागि नयाँ कार्य समितिलाई उनले शुभकामना दिएका थिए । 

निर्वाचन संयोजक राजेन्द्र सग्रौलाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण सदस्य कृष्ण पौडेलले गरेका थिए । निर्वाचन समितिका संयोजक राजेन्द्र सग्रौला सदस्यहरु कृष्ण पौडेल, अनिरुद्र ओलि, भवानी क्षेत्रीको समितिले नयाँ कार्य समितिले चयनसँगै पद हस्तान्तरण कार्यक्रम सम्पन्न पनि सम्पन्न गरेको छ ।