चारपाने । 

देशकै ठूलो सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पौष मसान्तसम्म बित्तिय विवरण सार्वजनिक गरेको छ । सहकारी विभागको निर्देशन अनुसार साकोसले प्रत्येक महिना संस्थाको वित्तिय विवरण सार्वजनिक गर्दै आएको छ । सोही अनुसार संस्थाले २०८० पौष मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको हो । 

सार्वजनिक वित्तिय विवरण अनुसार साकोसको पौष मसान्तसम्म एक लाख ६५ हजार ३७५ जना शेयर सदस्य पुर्याउन सफल भएको छ । साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्धारा आइतवार (आज) जारी पौष मसान्तसम्मको बित्तिय विवरण अनुसार संस्थाको शेयर पुँजी एक अर्व ६७ करोड ६३ लाख ५३ हजार ७०० रुपैयाँ रहेको छ । 

त्यस्तै जगेडा कोष एक अर्व २४ करोड २ लाख १७ हजार ४३०, कुल बचत ११ अर्व ९१ करोड १२ लाख २० हजार ५७७, लगानीमा रहेको ऋण १० अर्व ७९ करोड ४६ लाख ४० हजार ८४२, कुल संस्थागत पुँजी एक अर्व २७ करोड ७६ लाख ८९ हजार ४७७, बिभिन्न कोषहरुको जम्मा रकम ४६ करोड ६८ लाख २७ हजार ८२६, कुल सम्पत्ति १५ अर्व ७९ करोड ९४ लाख ९७ हजार ५५० र तरलता रकम ३ अर्व ७२ करोड ६० लाख ४७ हजार ४४६ रुपैयाँ रहेको साकोसका कार्यकारी प्रमुख गिरी र निर्देशक खतिवडाद्धारा हस्ताक्षरित विवरणमा उल्लेख छ । 

संस्थाको पौष मसान्तसम्मको विवरण अनुसार बाह्य ऋण शुन्य प्रतिशतमा रहेको छ भने संस्थागत पुँजी ८.०९ प्रतिशत, तरलता ३१.२८ प्रतिशत र जम्मा ऋणि सदस्य ७२ हजार २४ जना रहेका छन् ।