बिर्तामोड । 

नयाँ प्रविधिको प्रयोग गरेर सम्पूर्ण छाला रोग सम्बन्धी उपचार साथै सल्लाह तथा सुझाव दिने उदेश्यले बिर्तामोडमा आरआर पोलिक्लिनिक सञ्चालनमा आएको छ ।  कनकाई हस्पिटलका सञ्चालक समेत रहेका महेन्द्रबहादुर राईको करिव २ करोड रुपैयाँको एकल लगानीमा पोलिक्लिनिक सञ्चालनमा आएको हो । 

झापाको बिर्तामोड–४ स्थित भद्रपुर रोडमा सञ्चालनमा आएको पोलिक्लिनिकको उद्घाटन शनिवार (आज) छाला रोग बिशेषज्ञ हेयर ट्रान्सप्लान्ट सर्जन डा. मोहन भूसालले गरेका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा. भूसालले आफ्नै निगरानी रहने गरी पोलिक्लिनिक सञ्चालनमा आएको बताएका छन् । 

पोलिक्लिनिकमा शरिरमा हुने दुवी, डावर, पुरानो दाद, शरिर चिलाउने, छाला फुस्रो हुने, कपाल खस्ने, तालु खुइलिने, यौन रोग तथा कुष्ठ रोगको समस्या, डन्डीफोर, अनुहारको चायापोते, बालबालिका र नवजात शिशुको छाला सम्बन्धीलगायतका सवै समस्याको उपचार साथै सल्लाह सुझाव दिइने सञ्चालक राईले जानकारी दिएका छन् । त्यस्तै पोलिक्लिनिकमा नयाँ प्रबिधिको प्रयोगबाट कपाल रोप्ने र ट्याटु हटाउने कार्य पनि गरिने बताइएको छ । 

mahendra g

पोलिक्लिनिकमा दैनिक प्याथोलोजी ल्याव सेवा, फार्मेसी सेवा साथै छाला सम्बन्धी विशिष्टकृत सेवाहरुलाई समय अनुसार अगाडी वढाउँदै लगिने पोलिक्लिनिक मेनेजिङ डाइरेक्टर मनिता राईले जानकारी दिइन् ।  पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत कर्मचारी रेणुका श्रेष्ठले गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि डा. भूसाल, उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समुहकी अध्यक्ष तिलोतमा खत्री, पोलिक्लिनिकका सल्लाहकार अभय भुजेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कनकाई हस्पिटल बिर्तामोडका अध्यक्ष युवराज डाँगी, सञ्चालक किशोर भुजेल, खेमराज बानिया, फडिन्द्र चापागाई, डा. कमला आचार्य, डा. रोहित पन्जीयारलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सागर रिजालले गरेका थिए ।