बुट्टाबारी । 

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बुधवार (आज) ज्येष्ठ नागरिकलाई न्यानो कपडा ९ब्ल्यांकेट० वितरण गरेको छ ।

 बिर्तामोड–६ स्थित बुट्टाबारीमा एक कार्यक्रमका बीच एकसय जना ज्येष्ठ नागरिकलाई संस्थाले मिष्ठान्न भोजन गराएर न्यानो कपडा वितरण गरेको हो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत जाडोमा उनीहरुलाई न्यानो प्रदान होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

 कार्यक्रममा ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण गर्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सहकारी सुख दुःखको सारथि भएको बताइन् । उनले हरेक असहज परिस्थितिमा सहकारीले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बताइन् ।

न्यानो कपडा वितरण कार्यक्रममा बिर्तामोड नगरपालिका–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, कार्यक्रमको सहजीकरणकर्ता मसले कृषि सहकारी संस्थाका अध्यक्ष तेजबहादुर कन्दङ्वा लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीले न्यानो कपडा वितरण गरेको भन्दा पनि ज्येष्ठ नागरिकप्रति सम्मान गरेको बताए ।

simrik 1

संस्थाका अध्यक्ष सुवास भट्टराईले जन्मदेखि मृत्यु पर्यन्त संस्थाले सदस्यको हितमा काम गर्दैआएको बताए । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै सिम्रिकले कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको बताउँदै सदस्यलाई मात्र नभई गैर सदस्यलाई समेत लाभ मिल्ने काम गरिरहेका बताए । 

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत कचनकवलमा स्वास्थ्य शिविर आयोजना गरिएको बताए । उनले उक्त शिविरमा एक हजार जना भन्दा बढीले सेवा लिएको जानकारी समेत दिए । त्यस्तै, संस्थाले बाह्रदशीमा एक सय जना ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट र मिष्ठान्न भोजन गराइसकेको छ । दुई सय रुपैयाँ र मासिक एक हजार सहकारीमा नियमित बचत गरे ज्येष्ठ सदस्यको उपचारमा छूट र सहयोग मिल्ने समेत उनले बताए ।

 सञ्चालक समिति सदस्य नविन योगीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जोखिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए । झापा, मोरङ, इलाम र पाँचथरमा ५० वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीमा ६१ हजार जना भन्दा बढी शेयर सदस्य आबद्ध छन् ।