झापा । 

झापाको विर्तामोड–५ को पातालगंगा बचत तथा ऋण सहकारी संस्थाले कोशीटप्पु बन्यजन्तु आरक्षणको अवलोकन भ्रमण गरेको छ । बार्षिकोत्सवको अवसर पारेर संस्थाले बन्यजन्तुको अवलोकन तथा आन्तरिक पर्यापर्यटनको प्रर्वद्दन गर्ने उदेश्यले अवलोकन भ्रमण गरेको हो । 

संस्थाको सञ्चालक समिति, कर्मचारीसहित १ सय ९ जनालाई कोशीटप्पु बन्यजन्तु आरक्षण केन्द्रको भ्रमण गराएको संस्थाका अध्यक्ष युवराज गिरीले जानकारी दिए । 

सहकारी माध्यामबाट समेत आन्तरिक पर्यापर्यटन सम्भव हुन्छ भन्ने देखाउन र आफ्ना शेयर सदस्य, सञ्चालक तथा कर्मचारीहरुलाई बन्युजन्तुको आरक्षणका बारेमा जानकारी दिइएको अध्यक्ष गिरीले बताए । 

वन्युजन्तु आरक्षण केन्द्रमा हात्ती, अर्ना, गोही विभिन्न सयौं किसिमका चराचुरुङ्गीहरुको अवलोकन गर्न पनि योजना रहेको अध्यक्ष गिरीले बताए। प्रत्येक दिनका कामले बोर भएका कर्मचारीहरुलाई, शेयर सदस्य र सञ्चालक समितिलाई अवलोकन भ्रमण मनोरम स्थानमा रमाउने साथै पर्यटन घुम्न जाने तथा बनभोज खुवाउने गर्दा काममा अझ जोसजागर आउने भएकाले पनि उक्त अवलोन भ्रमण गराएको  व्यावस्थापक गगां सापकोटाले जानकारी दिइन् । 

सस्थांको साधरण सभापछि एक दिन भएपनि  कर्मचारीलाई विदाको दिन पारेर मनोरन्जन गराउने लक्ष्यले कोशीटप्पुको रोजाइलाई प्राथमिकता दिएको उपाध्यक्ष टंक भेटवालले जानकारी दिए  । अवलोकन पछि आन्तरिक पर्यटन बनेर कोशीटप्पु पुगेका पातालगंगा साकोसका सदस्य तथ कर्मचारीहरुले बनभोज कार्यक्रम समेत आयोजना गरेका थिए । बनभोज कार्यक्रमसँगै सहभागीहरुलाई योग शिविर तथा मोटिभेशनको तालिम समेत दिइएको थियो ।  साकोसले कोशी प्रदेश सहकारी रजिस्ट«ारको कार्यालय सुनसरीका मोहन भट्टराई, कर्मचारी गोपाल ढकाललाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा पारिवारिक निजी वन सघंका कोशी प्रदेशका निमित्त अध्यक्ष राजकुमार ओली, पातालगंगा साकोसका लेखा समिति संयोजक हरि दाहाल, गणेश गिरी, मनोविद सरस्वती मिश्रले सुझावसहित शुभकामना दिएका थिए । कार्यक्रममा हन्डिफोर, म्युजिकल चियर, बेलुन फुटाउने खेल लगायतका मनोरन्जान्मक खेलहरु समेत खेलाइएको थियो । साकोसले गत शनिवार अवलोकन भ्रमणसहित बनभोज कार्यक्रम आयोजना गरेको थियो ।