बिर्तामोड । 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले ११ औं साधारणसभाको अन्तिम माइन्युट प्रमाणिकरण सम्पन्न गरेको छ । मंसिर १३ गतेबाट इकाइगत साधारणसभा गर्दै आएको साकोसले बिर्तामोडमा बुधवार (आज)  अन्तिम माइन्युट प्रमाणीकरण सम्पन्न गरेको हो । 

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख  आतिथ्य रहेको थियो । 

स्वागत संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले गरेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, जिल्ला बचत संघ झापाका बरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।

आर्थिक बर्ष २०७९/०८० सम्ममा ३५ हजार ८८४ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी १८ करोड ८७ लाख ४८ हजार ७०० रुपैयाँ रहेको संस्थाका अध्यक्ष दंगालद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

hamro nepal

अध्यक्षको प्रतिवेदन अनुसार जगेडाकोष १ करो ८८ लाख १५ हजार ७८२, कुल संस्थागत पुँजी २ करोड ५ लाख ५० हजार २ सय, विभिन्न कोषहरु ५ करोड ६९ लाख ७८ हजार ५३५, कूल बचत एक अर्ब १४ करोड ११ लाख ६४ हजार ५८, लगानीमा रहेको कर्जा १ अर्ब ८४ करोड ७२ लाख ६ हजार ७९२ रहेको छ । 

त्यस्तै संस्थाले यस आर्थिक बर्षमा ३५ करोड २२ लाख २३ हजार ५३५ रुपैयाँ ०६ पैसा आम्दानी गरेर ३५ करोड १७ लाख २५ हजार ९८८ रुपैयाँ ४० पैसा खर्च गरेर ४ लाख ९७ हजार ५४६ रुपैयाँ ६६ पैसा मुनाफा गर्न सफल भएको अध्यक्षको प्रतिवेदनमा छ । 

संस्थाले आर्थिक तथा सामाजिक सहयोग अन्तरगत २० जना सदस्यले ५ लाख १७ हजार २२४ रुपैयाँ, सदस्य उपचार कोष अन्तरगत ३२ जना सदस्यले ४ लाख ६५ हजार ७९४ र ऋण सुरक्षण कोष अन्तरगत ६ जना सदस्यको ४ लाख १६ हजार ३०० रुपैयाँ ऋण रकम मिनाह गरेको छ । त्यस्तै सहकारीले संस्था एकीकरण अन्तरगत कमल गाउँँपालिका–२ स्थित श्रुतीकृति महिला कृषि सहकारी संस्था र मोरङको पथरी–शनिश्चरे स्थित मत्स्य विकास समृद्धि बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण समेत गरेको छ ।

कोशी प्रदेशको तीन जिल्ला अन्तरगत झापामा २४, मोरङमा ४ र र इलाममा ३ वटा गरी जम्मा ३१ वटा सेवा केन्द्रमार्फत सेवा दिदै आएको उपाध्यक्ष गौतमले जानकारी दिए । गत आवको असार मसान्तसम्म २० दशमलव ७९ प्रतिशत अर्थात् २३ करोड ९३ लाख ४ हजार ६२२ रुपैयाँ तरलता रहेको थियो भने कूल सम्पत्ति २ अर्ब २१ करोड ३५ लाख ५३ हजार ७५ रुपैयाँ रहेको संस्थाका सहायक प्रबन्धक सरोज दाहालले जानकारी दिए ।

संस्थाले सदस्यलाई सुत्केरी सुबिधा, नवजात शिशु सुबिधा, पोषण तथा न्यानो कपडा सुबिधा, मृत्यु राहत, स्वास्थ्य उपचार, जन्मदिन तथा बैवाहिक बर्षगाठको उपहार, दुर्घटना बिमा, कर्जा मिनाहा सुबिधा, आर्थिक सहयोग, छात्रवृत्ति कार्यक्रम, बित्तिय साक्ष्रता, अवलोकन भ्रमणलगायतका सेवा दिदै आएको जनाइएको छ ।