दुर्गापुर।

साझा बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेड दुर्गापुरले ११ जना शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको ३१ औं वार्षिक साधारण सभामा उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा असल ऋणी सृजना कडरीया, उत्कृष्ट बचतकर्ता युक्तप्रसाद घिमिरे, उत्कृष्ट बिद्यार्थी रितिका घिमिरेलाई सम्मान गरिएको थियो ।

त्यसैगरी संस्थाका पूर्व संचालक समिति र लेखा सुपरिवेक्षण समितिका गंगाप्रसाद खरेल, तारा थपलिया, भक्तिप्रसाद संग्रौला, भिस्मभुषण सिटौलालाई सम्मान गरिएको छ। त्यस्तै उपभोक्तामा कर्मचारी दिपा सुब्बा, अध्यक्ष गोपाल उप्रेती, व्यवस्थापक बिष्णुप्रसाद चुडाल र बलमाया तिम्सिनालाई सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष गोपाल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा  कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । सम्मानीत ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि पोखरेलले सम्मान गरेका थिए ।