बिर्तामोड । 

सेतो गुँरास कृषि सहकारी सस्था बिर्तामोड–७ को १५ औं वार्षिक साधारणसभाबाट कृष्ण पाण्डेको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । शनिबार (आज) झापाको गरामनीमा भएको साधारणसभाबाट नयाँ कार्य समिति चयन भएको हो । 

नव निर्वाचित समितिको उपाध्यक्षमा नविन सेढाई, सचिव जयकुमार प्रसाई, सह–सचिव रञ्जित प्रसाई, कोषाध्यक्षमा गोपाल अधिकारी निर्वाचित भएका छन् । त्यस्तै  सदस्यमा प्रदिप खनाल, पार्वता भट्टराई, खिलेश्वरी पाण्डे र जानुका वानिया चयन भएका छन् । लेखा समितिको संयोजकमा धनप्रसाद मिश्र तथा सदस्यहरुमा श्यामप्रसाद पकुवाल र देवका अधिकारी चयन भएका छन् । 

कोशी प्रदेशका पूर्वमन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजीत कार्यक्रममा सस्थाका अध्यक्ष कृष्ण पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष पाण्डेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको शेयर पँुजी एक करोड ८६ लाख ४३ हजार ९ सय, एक करोड ३४ लाख ६४ हजार एक सय ९३ रुपयाँ निक्षेप र  संस्थामा हाल सात सय ११ जना शेयर सदस्य छन् । 

लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक महेन्द्रकुमार प्रसाईले गरेका थिए । उनको प्रतिवेदन अनुसार सस्थाले १२ लाख ८७ हजार पाँच सय अठ्ठाईस रुपैयाँ मुनाफा आर्जन गरेको छ ।  

विर्तामोड नगरपालिकाका शहकारी शाखा प्रमुख एवं निर्वाचन अधिकृत डिल्ली दाहालले नव निर्वाचित पदाधिकारी, सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि एक ाज कार्की, विर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा ध्रुव प्रकाश खरेल र राजकुमारी कार्कीलाई जेष्ठ सदस्य सम्मान, ८० वर्ष माथिका लक्ष्मी कार्की र वीरवहादुर वस्नेतलाई जनही छ हजार रुपैयाँको दरले फलफुल नगद सम्मान गरिएको थियो भने सुजता खरेल र विना थापालाई सुत्केरी पोषण नगद सम्मान तथा विद्या देवी खरेललाई वाल वचत सम्मानले सम्मानीत गरिएको थियो ।  

सस्थाका उपाध्यक्ष नविन सेढाईले स्वागत गरेको कार्यक्रमको संचालन सह–सचिव रञ्जित प्रसाईले गरेका थिए ।