लक्ष्मीपुर । 

पाण्डव बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा दश जनालाई सम्मान गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ मा रहेको संस्थाको शनिवार (आज) बिहीवारेस्थित नवदुर्गा पञ्चाययन मन्दिरको भवनमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । 

संस्थाले जेष्ठ सदस्यका रुपमा अनन्तकुमारी ढुङ्गेल, असल बचतकर्ताका रुपमा पार्वती आचार्य, असल ऋणिका रुपमा गीता श्रेष्ठ, उत्कृष्ट कृषकका रुपमा हरिकृष्ण खड्का, उत्कृष्ट कर्मचारी नेहा तामाङ, पूर्व सञ्चालकका रुपमा उमाकान्त लम्साल र रमा पाण्डेलाई सम्मान गरेको छ । त्यस्तै स्वास्थ्य सेवा दिएबापत झापा पोलिक्लिनिका हेमराज चापागाई र सहारा पोलिक्लिनिकका रणधीर कपुर गोहीतलाई पनि सम्मान गरेको छ । 

उनीहरुलाई प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सह–सचिव कृष्णप्रसाद मिश्र, संस्थाका पूर्व अध्यक्ष अर्जुन रेग्मी, संस्थाका अध्यक्ष पुष्पबहादुर घलेले सम्मानपत्रसहित नगदले सम्मान गरेका थिए । 

आर्थिक बर्ष २०७९/०८० असार मसान्तसम्ममा एकहजार ३ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी एक करोड ११ लाख ५५ हजार ८०० रुपैयाँ रहेको अध्यक्ष घलेद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाको निक्षेप २ करोड ५ लाख २१ हजार २६४ र कर्जा लगानी ३ करोड ३ लाख ८६ हजार ६४५ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा छ । 

कार्यक्रममा प्रमुख अतिथि मिश्र, बागेडाँगी त्रिवेणी साकोसका अध्यक्ष छबिलाल लम्साल, संस्थापक अध्यक्ष अर्जुन रेग्मीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।  

संस्थाका अध्यक्ष घलेको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सह–सचिव मिश्रको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाकी उपाध्यक्ष सिता सापकोटाले गरेको कार्यक्रमको सञ्चालन सचिव अर्जुनमणि निरौला र सञ्चालक सदस्य लोकेन्द्रबहादुर भुजेल (जनक) ले संयुक्त रुपमा गरेका थिए ।  

pandap

कार्यक्रममा संस्थाका ऋण उपसमितिका संयोजक छत्र याङदेन, सदस्य देबेन्द्र थापा,  सल्लाहकार समितिका संयोजक इन्द्रमणि पौडेल, सल्लाहकार सदस्य देबीकुमारी घिमिरे (सकुन्तला), बजार ब्यवस्थापक प्रकाश गुरागाई, सह–ब्यवस्थापक भिमा भट्टराई, लेखा समितिकी संयोजक मुना चम्लागाईलगायतको उपस्थिति रहेको थियो । 

त्यस्तै अधिवेशनले  आगामी ४ बर्षे कार्यकालको लागि पुनःपुष्पबहादुर घलेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष देबीकुमारी घिमिर (सकुन्तला)े, सचिवमा अर्जुनमणि निरौला, सह–सचिवमा छत्र याङदेन, कोषाध्यक्षमा लोकेन्द्र भुजेल (जनक) सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा मणिकुमार राई, गोपाल बस्नेत, कर्ण दाहाल, खिनामाया पुरी, बिमला ढुङ्गेल र टेकबहादुर गिरी चयन भएका छन् ।

लेखा समिति संयोजकमा उमाकान्त लम्साल, सदस्यमा बुद्धिसागर कट्टेल र गोपीकृष्ण ढकाल सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक पूर्णबहादुर कटुवालले जानकारी दिए ।